मिथिलाञ्चल जुडशीतल पर्व मनाइँदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,वैशाख ०२ गते।

ज मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चल लगायत मधेशका जिल्लाका साथै भारतका पनि मनाईञ्छ  ।

विक्रम संवत् परम्पराको प्रत्येक नयाँ वर्ष (वैशाख सङ्क्रान्ति)मा जुडशीतल पर्व मनाइन्छ । दुई दिन मनाइने पर्व पहिलो दिन (सङ्क्रान्तिका दिन) ‘सतुवाइन र भोलिपल्टलाई जुडशीतलभनिन्छ ।

शरद ऋतु पछि बढ्दो गर्मी र लगातार बहँदो तातो हावाबीच सुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा जुडशीतल मनाइने मैथिल परम्परा छ ।

 

पहिलो दिन लाई बोलीचालीमा सतुवाइन सातु खाने, ख्वाउने भनिन्छ । यसैगरी दोस्रो दिन आज घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई बसी पानीले सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिँदै यो पर्व मनाइने चलन छ । परम्पराअनुसार आज घर–घरमा परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिएका छन् । जुडशीतल मिथिलाको सांस्कृतिक पर्व हो । कूलदेवताको पूजा अर्चना गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *