सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख ०२  गते।        

हिजो बेलुकी ८ बजे मोटर साईकल र बिपरीत दिशाबाट आउदै गरेको एम्बुलेन्स एक आपसमा ठोक्किंदा एकको मृत्यु  भएको छ।

कैलाली https://onlinenewspati.com/टिकापुर नगरपालिका ०४ मौरनिया स्थित खक्रौलाबाट  टिकापुर तर्फ जादै गरेको से.२ प २५८४ नम्बरको  मोटर साईकल र बिपरीत दिशा तर्फ जाँदै गरेको भे.१ च २४०९ नम्बरको एम्बुलेन्स एक आपसमा ठोकिदा एकको मृत्यु  भएको छ।

दुर्घटना पश्च्यात ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट प्र.ना.नि.केशर बहादुर बोहराको कमाण्डमा प्रहरी टोली खटि गई घाईते दुबै जनालाई उपचारको लागी टिकापुर अस्पताल पठाईएकोमा उक्त अस्पतालमा समान्य उपचार पश्चात घाईते दुबैजनालाई थप उपचारको लागी कोहलपुर मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियो।

मोटर साईकलको पछाडी सवार छोटेलाल चौधरीको  उपचारकै क्रममा कोहलपुर मेडीकल कलेजमा करीब राती ११ बजे मृत्यु भएको थियो।  दुबै सवारी साधन र एम्बुलेन्स चालक प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *