सप्तरीमा आगलागीमा परेर ५ वर्षीय बालकको मृत्यु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख ३  गते।

सप्तरीमा आगलागीमा परेर ५ वर्षीय बालकको मृत्यु भएको छ । तीन वटा घर जलेर नष्ट भएको छ ।

शुक्रवार अपरान्ह ४ बजे जिल्लाको बोदेबरसाई नगरपालिका–१० मा आगलागी हुँदा शत्रुधन यादवका छोरा सैलेश यादवको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगलागीमा शत्रुधन यादवको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको एउटा झ्याल जल्दा रु १७ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ । आगलागीलाई स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *