अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख ४ गते।
चितुवाको छालासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका-७ झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, खिजिघोम्बा गाउँपालिका-९ घर भई हाल चाँगुनारायण -५ बस्ने २९ वर्षीया फुरी शेर्पा, गजुरी गाउँपालिका-५ घर भई चाँगुनारायण ५ बस्ने विनोद श्रेष्ठ र कमलामाई नगरपालिका-४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्ने ३० वर्षीय विकास पुर्कुटी रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट पुच्छरसहित ४.५ फिट लम्बाई र २ फिट चौडाई रहेको चितुवाको छाला, साथबाट पुच्छरसहित ६.९ फिट लम्बाई र ३ फिट चौडाई रहेको चितुवाको छाला, चितुवाको टाउँको र ओप्पो मोबाइल तथा सामुङ मोबाइल बरामद गरेको छ ।
पक्राउ परेका चार जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको प्रवक्ताले बताए ।