आईपीएलमा मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हरायो

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख १४ गते।

आईपीएलमा मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लेको हो ।

पहिले ब्याटिङ गरेको राजस्थानले बैंग्लोरलाई १४५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको बैंगलोरले १९ ओभर ३ बल खेल्दै ११५ रन मात्रै बनायो ।

बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोडे, वानिन्दु हसरंगाले १८, साहबाज अहमेदले १७ र रजत पाटिदरले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

राजस्थानका कुलदिप सेनले ४,  रविचन्द्र आश्विनले ३ र प्रसिद्ध किसनले २  विकेट लिए ।

पहिले ब्याटिङ गरेको राजस्थानले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो ।

राजस्थानका रियान परागले ५६ रन, कप्तान सन्जु सामसनले २७, रविचन्द्र आश्विनले १७ र दर्याद मिचेलले १६ रनको योगदान गरे । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् ।

बैंग्लोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले समान दुई/दुई विकेट लिए ।

यो जितसँगै राजस्थान १२ अंकका साथ पहिलो स्थानमा छ । ८ खेल लेखेको राजस्थानले ६ मा जित र दुई खेलमा हार व्यहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *