चितवनको भरतपुरस्थित कमलनगर चोकका घरमा आगलागी

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १५ गते।

चितवनको भरतपुरस्थित कमलनगरका घरमा आगलागी भएको छ।

आज बिहान २ बजेदेखि निभाउन सुरु गरिएको आगो चार वटा दमकलको सहयोगमा आज बिहान ७ बजेमात्र नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

आगोबाट सो घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *