आईपीएलमा चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख १९ गते।

आईपीएलमा आइतबार राती भएको खेलमा सनराइजर्स हैदराबादलाई १३ रनले हराउँदै चेन्नईले जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो।

टस जितेर हैदरावादले चेन्नाईलाई ब्याटिङको निम्तो दिएको थियो । ओपनर ऋतुराज गायकवाड र डेभोन कोनवेबीच पहिलो विकेटका लागि रेकर्ड साझेदारीको मद्दतमा चेन्नाईले २०२ रनको योगफल बनाएको थियो । २०३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो ।

हैदरावादको शुरुवात राम्रो थियो । सुरुवाती ६ ओभरमा लगभग १० को औसतमा रन बटुलेको थियो । यसै ओभरको अन्तिम बलमा अभिषेक शर्मा ३९ रन बनाएर आउट भए ।

हैदरावादका लागि निकोलस पुरनले ३३ बलमा अविजित ६४ रन बनाए । अन्तिम ओभरमा उनले ३ छक्का र एक चौकाको मद्दतमा २३ रन बनाएका थिए ।
बलिङतर्फ चेन्नाईका मुकेश चौधरीले चार विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नाईका लागि ऋतुराज गायकवाडले ९९ रन बनाए । यसैगरी डेभोन कोनवेले अविजित ८५ रन बनाए । दुवैले पहिलो विकेटका लागि १८२ रनको साझेदारी गरे । चेन्नाईका लागि आईपीएलमा पहिलो विकेटका लागि भएको साझेदारीको यो नयाँ रेकर्ड हो । गायकवाड प्लेयर अफ द म्याच भए ।

ऋतुराजपछि कप्तान धोनी पिचमा आए तर उनी ८ रन मात्रै बनाएर आउट भए । रविन्द्र जडेजा १ रन मात्रै जोडे ।

बलिङतर्फ हैदरावादका टी नटराजनले २ विकेट लिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *