अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १९ गते।
स्थानीय तह चुनावमा ठूला दललाई राप्रपाले ठक्कर दिने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्।
झापाको कचनकवल घेराबारीम भएको सभालाई सम्बोधन गर्दै उनले राप्रपालाई कमजोर शक्तिका रूपमा नलिन आग्रह गरेका थिए।
उनले जनताको भोटबाट ठूला दललाई ठक्कर दिइने बताए।
राजनीति सत्ताका लागि भन्दा पनि देश बनाउनका लागि गरिनुपर्ने उनको भनाइ थियो।
उनले भ्रष्टाचार गर्नेलाई राप्रपाले ठाउँ नदिने बताए।