अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,वैशाख २१ गते।
जनकपुरधाम वार्ड नँ ७ को राष्ट्रिय प्रजातन्त्र पार्टी को उम्मेदवार घर घर मा पुगेर घर दैलो तिव्रता बढाएको छ।
बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै घर-घर मा पुगि आ-आफनो कुरा राख्दै आउदो दिनमा वार्ड मा सेवा गर्ने अनुरोध समेत गरेको छ।
मतदाता संग आफनो वडाको समस्या तथा चुनाबको जित पश्च्यात आफनो कार्य योजना साझा गर्दै जाँदा झा लाई वार्ड नँ ७ बसीहरुले विजय भव: को आशिर्वाद दिएका थिए।
अनलाईन न्युजपाटी संग कुरा राख्दैले भने “अबको युग प्राविधिक युग हो” प्रत्येक घर-घरको वालवालिकालाई अनिवार्य रुपले शिक्षा प्रदान गराइने र वार्डको सम्पुर्ण सुविधा इन्टरनेटको माध्यमले नै गराउने वाचा समेत गरेको छ।