अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,वैशाख २४ गते।
भोजमा बोलाएर साथीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
सप्तरी रूपनी गाउँपालिका-१ रूपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँलाई प्रहरीले पक्राउ गरेको हो।
मियाँले आफ्नै साथी सप्तरीको विष्णुपुर गाउँपालिका-५ कट्टी टोल बस्ने ५० वर्षीय रामसुन्दर महतोको गत साल असोज ८ गते हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दर्ता गरिएको थियो।
शव फेला परेपछि घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई उनले फोनमा हत्या स्वीकार गरी आफूलाई पक्राउ गर्न चुनौती दिएका थिए।
जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहमा आबद्ध रही विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिलाई फोन गरी धम्क्याइ चन्दा असुली गर्ने कार्यमा सरिक रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। प्रहरीका अनुसार मियाँ अवैध लागुऔषध व्यापार गर्ने, लुकाइछिपाइ हतियार बोकी हिँड्ने र जनमानसमा डर, त्रासको वातावरण सिर्जना गर्ने आपराधिक समूहका व्यक्ति हुन्।