अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख २८ गते।
आईपीएलमा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले लो-स्कोरिङ पिचमा चार विकेट गुमाएर १४४ रन बनाएको थियो । टोलीका लागि ओपनर शुभमन गिलले अविजित ६३ रन बनाए । ४९ बलको आफ्नो पारीमा उनले सात चौका प्रहार गरे । उनी बाहेक डेभिड मिलरले २६ रन बनाए भने राहुल टियोटियाले १६ बलमा अविजित २२ रन बनाए । कप्तान हार्दिक पाण्डेले मात्र ११ रन बनाउन सके ।
लखनउका लागि मोहसिन खानले चार ओभरमा १८ रन दिएर एक विकेट लिए । जवाफमा लखनउ सुपर जायन्ट्सको टोली सुरुदेखि नै टिक्न सकेन । क्विन्टन डी कक, दीपक हुड्डा र आवेश खान बाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । पूरै टोली १३.५ ओभरमा ८२ रनमा अलआउट भयो। कप्तान लोकेश राहुलले मात्र आठ रन बनाउन सके ।
गुजरात टाइटन्सका लागि राशिद खानले ३.५ ओभरमा २४ रन दिएर चार विकेट लिए । यो जितसँगै टोली यस सिजन प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।