अनलाईन न्युजपाटी, सर्लाही,समाचारदाता,वैशाख २९ गते।
सर्लाहीबाट लागूऔषध गाँजा सहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका ८ का १९ बर्षीय रुस्तम कुमार यादव रहेका छन् ।
प्लाष्टिको पोकामा बेरिएको समान टाउकोमा बोकि हिडिरहेको अवस्थामा खटिएको प्रहरी टोलीले शंकाको आधारमा राजश्री हल नजिकै चेकजाँच गर्दा १३ किलो ९ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।