अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १ गते।
आजदेखि सातामा दुई दिन बिदा लागु हुने भएको छ।
वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले शनिवार र आइतबार बिदा दिने निर्णय गरेको हो।
परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ । सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९:३० बजेदेखि अपराह्न ५:३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।
छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म रहने जनाएको छ ।