अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख ३१ गते।
पोखरा महानगरको मतगणना सुरु भएको छ ।
२ बजेदेखि सुरु गर्ने भनिएको गणना केही ढिलो सुरू भएको हो ।
पोखरामा दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा एक लाख ९६ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
पोखरामा मेयरका उम्मेदवार गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य, नेकपा एमालेका कृष्णबहादुर थापा, राप्रपाका शंकरप्रसाद खराल र अटेरी अभियानका गनेस पौडेलको चर्चा छ । पोखराको मेयरमा २३ जनाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस की कोपिला रानाभाट र एमालेकी मञ्जुदेवी गुरुङबिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पोखराको उपमेयरमा ८ जनाले उम्मेदवारी दिएका छन् ।