अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख ३१ गते।
नयाँ दिल्लीमा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।
आगलागी हुँदा ७० भन्दा बढी मानिस भवनमा रहेको बताइएको छ। प्रहरीले झ्यालका सिसा फोडेर मानिसको उद्धार गरेको थियो।
आगो नियन्त्रणमा आएपछि उद्धार कार्य जारी रहेको बताइएको छ।