आईपीएलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५४ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,जेठ १ गते।

आईपीएलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५४ रनले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले आन्द्रे रसेलको अविजित ४९ रनको सहयोगमा २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनाएको थियो ।हैदरावादका लागि उमरान मलिकले तीन विकेट लिए । जवाफमा हैदरावादले निकै ढिलो सुरुआत गर्‍यो र उसको विकेट पनि लगातार खस्दै गयो । ओपनर अभिषेक शर्माले ४३ रन बनाए भने एडन मार्करमले ३२ रनको योगदान दिए । शशांक सिंहले ११ रन बनाए । यी तीन ब्याट्सम्यानबाहेक अरू कुनै खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

हैदरावादको इनिङ्समा आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गर्दै ३ विकेट लिए । टिम साउथीले दुई विकेट लिए । योसँगै कोलकाताले प्लेअफको दौडमा दुई कदम अगाडि बढ्दै अंक तालिकामा १२ अंक जोड्दै हैदरावाद र पञ्जाबलाई पछि पार्दै छैटौँ स्थानमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *