आईपीएलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई २४ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,जेठ २ गते।

आईपीएलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई २४ रनले पराजित गरेको हो ।

आइतबार राति राजस्थानले दिएको १७९ रनको लक्ष्य पछ्याएको लखनउ २० ओभरमा ८ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

लखनउका दिपक होडाले सर्वाधिक ५९ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र रोबेड म्याककोयले समान दुई विकेट लिए । यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १७८ रनको योगफल तयार पारेको थियो ।

राजस्थानका लागि याशभी जैसवालले सर्वाधिक ४१ रन बनाए । लखनउका रवी बिश्नोईले २ विकेट लिए । जितसँगै राजस्थान १३ खेलमा १६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । लखनउ १३ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा झर्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *