अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ ४ गते।
सार्वजनिक सवारीसाधनको भाडा यातायात व्यवस्था विभागले बढाएको छ।
जेठ ४ गतेदेखि लागू हुनेगरी सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो ।
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ बढाएपछि विभागले सवारीसाधनको भाडादर बढाएको हो ।
यातायात व्यवस्था विभागका अनुसार साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको हो।