पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै धनुषामा विरोध प्रदर्शन

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ ९ गते।

राष्ट्रिय प्रजातन्त्र पार्टी जनकपुरधा्म नगर समिति द्धारा आज जनकपुरधा्मको जनकचौक स्थित गठबन्धन सरकारले गरेको इन्धन तथा ग्यासमा गरेको मुल्य वृद्धिको बिरुद्ध चर्को नरावाजिका साथ विरोध कार्यक्रम गरेको छ।

मूल्यवृद्धिबाट नेपाली जनसमुदायमाथि सिधा प्रहार भएकोले मोटरसाईकल  तथा  खाली ग्यास सिलिन्डरहरु राखेर विरोध प्रदर्शन गरेको हो ।

पहिले कोभिड– १९ का कारण लामो समयदेखि अप्ठ्यारो भोगिरहेका नेपाली जनताको अब पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढाड सेक्ने छ । उपभोक्ता, विद्यार्थी, श्रमजीवि वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुले माग गरेको छ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ का दरले मूल्य बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध प्रदर्शन गरेको हो।

मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८ सय पुगेको छ । इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्यवृद्धि गरिएको निगमले बताएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले ‘मूल्यवृद्धि खारेज गर, नालायक सरकार राजीनामा दे, मुल्य व्रिद्धि फिर्ता गर , गठबन्धन सरकार मुर्दाबाद, सँघियता खारिज गर, प्रदेश सरकार खारिज गर लगायतका नारा लगाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *