अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,जेठ १२ गते।
लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर आईपीएलको क्वालिफायरमा प्रवेश गरेको छ ।
पराजित लखनउ बाहिरिएको छ । अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ ।
राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनल पुगिसकेको छ ।