कालीकोटबाट सुर्खेत हुँदै नेपालगन्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १२ गते।

कालीकोटबाट सुर्खेत हुँदै नेपालगन्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना दुर्घटनामा परेको हो ।

बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस आठबीस नगरपालिका –३ अन्तर्गत सिस्नेमा बुधबार साँझ दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका-९ का प्रेम सुनार र काशीराम पाण्डे, कालीकोटको पलता गाउँपालिका-३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, डिएसपी भुबनेश्वर साहले जानकारी दिए ।

बसमा सवार केही व्यक्तिहरू घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकी र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *