पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध रा.प्रा.पा को मसाल जुलुस (भिडियो )

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ ११ गते।

राष्ट्रिय प्रजातन्त्र पार्टी जनकपुरधाम नगर समितिले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध जनकपुरधाममा मसाल जुलुस प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन राष्ट्रिय प्रजातन्त्र पार्टी जनकपुरधाम नगर समितिले सरकारसँग माग गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक भन्दै राप्रपाले फिर्ता लिनका लागि सरकारसँग माग गरेको हो ।

पेट्रोलियम पदार्थको पटक-पटक मुल्यवृद्धिले आम उपभोक्ता नराम्रोसँग मारमा परिरहेको छ। प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकार विरुद्ध नारा लगाएका थिए ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि अबिलम्ब फिर्ता गरेन भने हामी झन कडा रुपले प्रस्तुत हुने छौ र यसको सम्पुर्ण जिम्मेवारी सरकारले व्यहोर्नु पर्ने  जानकारी जनकपुरधाम नगर समितिका सचिब नबिन झाले जानकारी  गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *