अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ ११ गते।
स्वास्थ्य सेवातर्फ चौथो तहका प्राविधिक पदमा सुदूरपश्चिम लोक सेवा आयोगले दरखास्त आह्वान गरेको छ।
प्रदेश निजामती सेवाका स्वास्थ्य सेवातर्फ चौथो तहका प्राविधिक पदमा र स्थानीय सरकारी सेवातर्फ स्वास्थ्य सेवा चौथो तहका प्राविधिक पदमा दरखास्त आह्वान भएको हो।
अनमी, वैद्य, ल्याब असिस्टेन्ट, अहेबलगायत पदमा दरखास्त आह्वान भएको छ। लिखित परीक्षा मिति भने पछि तोकिनेछ।
दुई सय ६६ जना माग गर्दै आज दरखास्त खुला गरिएको हो। इच्छुकले यही जेठ ३१ भित्र दरखास्त पेश गरिसक्नुपर्नेछ। अनलाइनबाट दरखास्त दिन सकिनेछ।