अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,जेठ ११ गते।
अमेरिकाको टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ ।
अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको छ ।
घटना भएको रोब इलिमेन्टरी स्कूल एक प्राथमिक विद्यालय हो यसका विद्यार्थीहरू पाँचदेखि ११ वर्षसम्मका हुन्छन् । टेक्सासका गभर्नर ग्रेग एबोटले संदिग्ध व्यक्तिको नाम १८ वर्षीय पुरुष साल्भाडोर रामोस रहेको बताएका छन् ।
एबोटका अनुसार रामोस आफ्नो गाडी त्यागेर पिस्तोल र सम्भवतः राइफल लिएर विद्यालयमा गएका थिए । रामोसलाई घटनास्थलमा पठाइएका प्रहरीले मारिसकेको बताइएको छ ।
प्रहरीले पनि स्थानीय समयअनुसार बिहान करिब ११:३२ बजे रोब इलिमेन्टरी स्कुलमा घटना भएको र संदिग्ध व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ ।