गुजरात टाइटान्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै आईपीएलको फाइनलमा प्रवेश गर्यो

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,जेठ ११ गते।

कोलकातामा मंगलबार राति भएको पहिलो क्वालिफाएरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात आईपीएलको फाइनलमा पुगेको हो ।

गुजरातलाई फाइनलमा पुर्‍याउन डेविड मिलरले महत्वपूर्ण योगदान गरे । राजस्थानले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा ३ विकेट गुमाएको गुजरातलाई अन्तिम ओभरमा पुग्दासम्म १६ रन आवश्यक थियो । मिलरले लगातार ३ छक्का प्रहार गरेपछि १९.३ ओभरमै गुजरातले लक्ष्य पूरा गर्‍यो र फाइनलमा स्थान पक्का गरेको हो ।

गुजरातको जितका लागि मिलरले नटआउट ६८ रन बनाए भने कप्तान हार्दिक पाण्ड्या ४० रनमा अविजित रहे। शुभमन गिल र म्याथ्यु वेड ३५/३५ रन बनाएर आउट भए । ओपनर रिद्धिमन साहले भने रन जोड्न सकेनन् ।

बलिङतर्फ राजस्थानका ओबेद म्याकोय र ट्रेन्ट बोल्टले समान एक/एक विकेट लिए।

पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रन बनाएको थियो।

राजस्थानका लागि ओपनर जस बटलरले ८९ रनको अर्धसतकीय पारी खेले । क्याम्टेन सन्जु स्यासमनले ४७ र  देवदत्त पाडिक्कलले २८ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ गुजरातका मोहम्मद शामी, यश दयाल, हार्दिक पाण्ड्या र साई किशोरले एक/एक विकेट लिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *