अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ १० गते।
आज दोस्रो दिन पनि जनकपुरधामको मुरलिचौक स्थित पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी जनकपुरधाम नगर समिति द्धारा विरोध प्रदर्शन भएको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन राष्ट्रिय प्रजातन्त्र पार्टी जनकपुरधाम नगर समितिले सरकारसँग माग गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक भन्दै राप्रपाले फिर्ता लिनका लागि सरकारसँग माग गरेको हो ।पेट्रोलियम पदार्थको पटक-पटक मुल्यवृद्धिले आम उपभोक्ता नराम्रोसँग मारमा परिरहेको छ।