अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १२ गते।
पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् ।
वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् ।
पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको सङ्घका उपाध्यक्षले जानकारी दिनुभयो ।