तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याईयो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १७ गते।

आज तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको काठमाडौँ ल्याइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

योसँगै तारा एयरको  ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ ।

विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।

१० जनाको शव सोमबार नै काठमाडौँ ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *