अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,जेठ २३ गते।
भारतको उत्तराखण्डमा आइतबार साँझ बस दुर्घटना हुदा २६ यात्रुको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुने सबै चार धाम तिर्थ यात्राका गइरहेको बताइएको छ ।
बसमा ३० जना सवार रहेकोमा २६ जनाको ज्यान गएको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् ।
दुर्घटनापछि एनडीआरएफको टोलीले घट्नास्थल पुगेर उद्धार कार्यमा जुटेको थियो ।
घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।