काठमाडौंको टेकुस्थित पेट्रोल पम्पमा विष्फोट

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २३ गते।

काठमाडौंको टेकुस्थित पेट्रोल पम्पमा विष्फोट भएको छ ।

आइतबार साँझ ५ बजे काठमाडौं महानगरपालिका-१२ टेकुस्थित कनक पम्पको ट्यांकीमा बिस्फोट हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

इन्धन राख्ने ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास बिस्फोट भएको उनले बताए।

खाली भइसकेको ट्याङ्की ग्यासले भरिएको र ढक्कन वेल्डिङ गर्ने क्रममा पड्किएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *