अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,जेठ २३ गते।
राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूले युक्रेनलाई लामो दूरीका हतियार पठाए रूसले युक्रेनमाथि थप आक्रमण गर्ने चेतावनी दिएका छन्।
आइतवार यस्तो भएमा युद्ध थप लम्बिने चेतावनी पुटिनले दिएको रुसी सञ्चारमाध्यमले जनाएको सिएनएनमा उल्लेख छ।
रुसी सेनाको विस्फोटका कारण राजधानी किभका विभिन्न भागमा आइतबार ठूलो क्षति भइरहेका बेला पुटिनको चेतावनी आएको हो । पुटिनले भनेका छन्– ‘किभमा नयाँ हतियार पठाउनु भनेको सशस्त्र युद्धलाई जति सकिन्छ पर धकेल्न हो ।’