अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २३ गते।
पश्चिम नवलपरासीको जिल्ला अदालत परिसरमा गोली चलेको छ ।
अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए ।
पेस्तोलबाट दुई गोली प्रहार भएको तर कुनै मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।
गोली प्रहार गरेर फरार हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।