रा.प्रा.पा जनकपुर नगर कमिटी पार्टीबाट असन्तुस्ट भएर सामुहिक राजीनामाको तयारीमा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ ३० गते।

रा.प्रा.पा जनकपुर नगर कमिटी र धनुषा जिल्ला युवा संगठन संयुक्त रुपले पार्टीबाट असन्तुस्ट भएर सामुहिक राजीनामा दिने भएको छ।

रा.प्रा.पा जनकपुर नगर कमिटीले एक बिज्ञप्ति निकालेर स्थानीय चुनाब २०७९ मा जनकपुरधाम उपमहानगरपालिका,प्रमुख, उपप्रमुख वडा सहित को पदमा चुनाब लड्दा पार्टीबाट हाल सम्म धनुषा जिल्ला अध्यक्ष,नगर अध्यक्ष,प्रदेश अध्यक्ष,जिल्ला देखि केन्द्रका सदस्यहरु साथै केन्द्र समेतबाट चुनाब देखि हाल सम्म कुनै प्रकारको सोधपुछ तथा हामीलाई टुहुरा जस्तो  व्यवहार गरेको कारण पार्टीबाट असन्तुस्ट भएर सामुहिक राजीनामा दिने भएको छ।

हाल रा प्रा पा जनकपुर नगर कमिटी र धनुषा जिल्ला युवा संगठन संयुक्त रुपले पार्टीबाट असन्तुस्ट भएर सामुहिक राजीनामा दिने २४ घन्टे भित्र अल्टिमेटनका साथ जनकपुरधाम नगर कमिटी निष्क्रिय हुने गरि बिज्ञप्ति निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *