जनकपुर जान लागेकी एकजना यात्रुको झोलामा एक राउण्ड गोली भेटियो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १ गते।

काठमाडौंबाट जनकपुर जान लागेकी एकजना यात्रुको झोलामा एक राउण्ड गोली भेटिएको छ ।

चेकजाँचका क्रममा गोली भेटिएपछि प्रहरीले सर्लाहीको हरिपुर नगरपालिका–७ की ३६ वर्षीय किरणकुमारी सिंहलाई पक्राउ गरेको छ ।

उनी बुद्ध एयरको उडानमार्फत जनकपुर जान लागेकी थिइन् । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त, गौशाला पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *