रौतहटबाट एक भारतीय युवक नक्कली नोटसहित पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार २ गते।

रौतहटबाट एक भारतीय युवक नक्कली नोटसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेना रहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले रौतहटको नेपाल भारत सीमा क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।

उनको साथबाट नेपाली एकहजार दरको ५० थान, भारु २ हजार दरको २३ थान र भारु ५ सय दरको १० थान नक्कली नोट बरामद गरिएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरले जानकारी दिए।

घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *