अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार ११ गते।
काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरपालिका-२६ मित्रनगरस्थित क्याफेबाट १ थान कटुवा पेस्तोल र १ थान गोलीसहित उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका-१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका-१ घर भएकी २१ वर्षीया अस्मिता विक छन्।
प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।