अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ५ गते।
संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।
‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८’ पेस हुने कार्यसूची रहेको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।