अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज १२ गते।
सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा ८ जनाको मृत्यु भएको पुष्टि भएपनि उनीहरुको पहिचान भने खुलेको छैन ।
दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई उपचारको लागि दाङ लगिएको प्रहरीको भनाइ छ ।