अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक ३ गते।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदै छ ।
‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच समापन गरिनेछ ।
समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी हुने जनाइएको छ ।
पोखरा रंगशालामा पुरुष फुटबल फाइनल खेलपछि ४ बजे समापन समारोह सुरु हुनेछ ।