अनलाईन न्युजपाटी ,एजेन्सी ,समाचारदाता,कार्तिक ९ गते।
भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतका प्रधानमन्त्री नियुक्त भएका छन्। उनी बेलायतको ५७ औँ प्रधानमन्त्री हुन्।
सोमबार कन्जर्भेटिभ पार्टीको नेता चयन भएका सुनकले आज बकिङ्घम प्यालेसमा राजा चार्ल्ससँग औपचारिक भेट गरेका थिए।
लिज ट्रसले प्रधानमन्त्री बनेको ४५ दिनमै पदबाट राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीबाट सुनक प्रधानमन्त्री बनेका हुन्।