अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक १६ गते।
नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्राको नेपाली मूल्य निर्धारण गरेको छ ।
जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रुपैयाँ ०२ पैसा र बिक्री दर १३२ रुपैयाँ ६२ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ ०७ पैसा र बिक्री दर १३१ रुपैयाँ ६७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ३५ पैसा र बिक्री दर १५३ रुपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९२ पैसा र बिक्री दर ३६ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।