अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर ४ गते।
फुटबलको महाकुम्भ मेला अर्थात् फिफा विश्वकप फुटबल आजदेखि कतारमा सुरु हुँदै छ ।
खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
आज विश्वकप आयोजक राष्ट्र कतारले इक्वेडरसँग पहिलो खेल खेलेर प्रतियोगिताको उद्घाटन गर्दैछ । यो विश्वकप फुटबलको हालसम्मको २२औँ संस्करण हो । यस विश्वकपका लागि उत्कृष्ट रुपमा छनौट भएका ३२ राष्ट्रका खेलाडीहरु कतारमा भेला हुँदैछन्, उनीहरुबीच विभिन्न चरणमा खेल प्रतिस्पर्धा हुनेछ ।