कमला नदी पुलको निर्माण कार्य दुई हप्ताभित्र सुरु गर्न उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन १६ गते।

कमला नदी पुलको निर्माण कार्य दुई हप्ताभित्र सुरु गर्न उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका छन् ।

सोमबार भासिएको पुलको निरीक्षण गर्न आएका मन्त्री श्रेष्ठले भने, ‘दुई साताभित्र निर्माण सुरु हुन्छ नयाँ डिजाइन बनाउन समय लागेकाले निर्माणमा ढिलाइ भएको छ तर अब यथाशीघ्र निर्माण कार्य सुरु हुनेछ ।’

निरीक्षणको क्रममा स्थानीयहरूले उपप्रधानमन्त्री श्रेष्ठसँग हाललाई अस्थायी पुल बनाउन माग गरेका थिए । उनले सर्वसाधारणलाई तत्काल आवतजावत गर्न नदीमा ह्युमपाइप राखिदिन समेत निर्माण कम्पनीलाई निर्देशन दिए ।

तराई मधेसको लाइफलाइन मानिने हुलाकी सडक अन्तर्गतको उक्त पुल नबन्दा धनुषा र सिराहाका सर्वसाधारणले  सास्ती भोग्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *