अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,चैत्र ९ गते।
चैते दसैंका लागि जनकपुरको राजदेवी मन्दिर सजाइएको छ।
चैते दसैं जनकपुरधाम सहित देशभर सुरु भएको छ।
राजदेवी मन्दिरमा देवीको दर्शन गर्न श्रद्धालु भक्तजनहरुको आउने क्रम सुरु भएको छ।
प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि दशमीसम्म हर्षोल्लास र धूमधामका साथ दसैं मनाइने गरिन्छ। यस अवसरमा जनकपुरधामको राजदेवी मन्दिरसहित विभिन्न शक्ति पीठमा भव्य रुपमा पूजा गरिन्छ।