नेपाली सेनाले विभिन्न पदमा जागिर खुलायो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र २४ गते।

नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ ।

सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको छ।

सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका अधिकृत पदका लागि इच्छुकहरूबाट दरखास्त मागेको हो। सेनाले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न १३७ जना माग गर्दै आज सूचना निकालेको छ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर वैशाख ३० गतेसम्म अनलाइन दरखास्त दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *