शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ३ गते।

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छ ।

च्यासल मैदानमा सङ्कटा क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लव र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सङ्कटा र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ भने सातदोबाटो र पुलिसबीचको खेल साँझ ६ बजे मात्र सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *