आज थपिए ११३ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ११ गते।

आज पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८१० नमुनामध्ये ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना  र १ हजार ४४ जनाको एन्टीजे परीक्षण गर्दा ४९ जना गरी ११३ जनामा कोरोना देखिएको हो ।

यसका साथै ७२ जना सङ्क्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

संक्रमण बढेसँगै  कोरोनाविरुद्धको बुस्टर डोज खोज लगाउन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *