अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख २४ गते।
आईपीएलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको छ ।
दिल्लीले १८२ रनको विजय लक्ष्य १६.४ ओभरमा ३ विकेट गुमाएर भेटायो । दिल्लीको जितमा डेभिड वार्नर र फिल साल्टले ६० रनको महत्वपूर्ण साझेदारी गरे । वार्नर १४ बलमा २२ रन बनाएर आउट भए । फिलिप साल्टले अर्र्धशतक पूरा गरे । ४५ बलमा ८ चौका र ६ छक्काको मद्दतमा उनले ८७ रन बनाए ।
बैंगलोरका लागि विराट कोहलीले ५५, कप्तान फाफ डुप्लेसीले ४५ महिपाल लोमरोरले अविजित ५४ रन बनाए ।
बलिङतर्फमा मिचेल मार्शले २ विकेट लिए ।