अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख २३ गते।
आज पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५ जनाको पीसीआर परीक्षणमा १ जना र १५४८ जनाको एन्टिजेन परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २६ जना निको भएका छन् । हाल देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या १३७ रहेको मन्त्रालयले जनाएको छ ।