अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख २३ गते।
बेलायतमा आज राजा चार्ल्स तृतीयको राज्याभिषेक हुँदै छ ।
लन्डनको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा राज्याभिषेक समारोहको आयोजना गरिएको छ । पछिल्लो ७० वर्षमा बेलायतमा यो पहिलो राज्याभिषेक हुनेछ । राजा चार्ल्स र रानी कन्सोर्ट वेस्टमिन्स्टर एबेमा आफ्नो शाही भ्रमणको लागि तयारी गर्छन्।
उक्त समारोहमा करिब एक सय देशका सरकार प्रमुख सहभागी हुनेछन् । नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद बेलायत पुगिसकेका छन् ।
मन्त्री साउदले बेलायत भ्रमणका क्रममा केही औपचारिक भेटघाटका साथै त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ।